कोरोना बीमाको दावी भुक्तानी ७ दिनभित्र दिन समितिको निर्देशन

१९ कार्तिक २०७७, बुधबार ०६:१५

काठमाडाैं, कात्तिक १९ । बीमा समितिले कोरोना बीमाको दावी भुक्तानी सात दिन भित्रै गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।  

समितिले सबै निर्जीवन बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै कोरोना बीमाको दाबी भुक्तानी ७ दिनभित्र गर्न निर्देशन दिएको हो । 

कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाइ भएको चौतर्फी आलोचना समेत भइरहेको बेला बीमा समितिले बीमा कम्पनीलाइ यस्तो निर्देशन दिएको हो ।


कोरोना बीमाको दावी भुक्तानी ढिला सुस्ती भएको गुनासो आइरहेको थियो ।  बीमा दावी भुक्तानीमा ढिलाइ भएको भन्दै अर्थ मन्त्रालयले बीमा समितिलाई पत्र काटेको थियो । त्यस अनुसार समितिले सात दिन भित्र दावी भुक्तानी दिने व्यवस्था मिलाउन निर्नेशन दिएको हो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.