ढकाल समूहबाट वस्तुगत र एशोसिएट्सतर्फबाट पनि उम्मेदवारी दर्ता

१९ कार्तिक २०७७, बुधबार ०६:२२

काठमाडाैं, कात्तिक १९ । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि जिल्ला तथा नगर, वस्तुगत र एशोसिएट्सतर्फबाट केन्द्रीय सदस्य पदमा विभिन्न व्यक्तिले उम्मेदवारी  दर्ता गराएका छन्  ।

आज उम्मेदवारी दर्ता गराउन सबै जना उद्योगीहरु वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहबाट उम्मेदवारी दर्ता गएका हुन । 

वस्तुगततर्फ केन्द्रीय सदस्यमा हेमराज ढकाल, आकाश अधिकारी, कमला श्रेष्ठ, जय शिवाकोटी, सुवास भण्डारी, प्रकाश सिंह कार्की, भक्त हमाल, सुवोध कुमार गुप्ता, सुमित केडिया, रविन कुमार श्रेष्ठ, नरेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । 

जिल्लानगर उपाध्यक्ष गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ र एशोसिएट उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघईले यसअघि नै उम्मेदवारी दर्ता गरिसकेका छन्।

यस्तै जिल्ला नगरतर्फबाट अशोक ताम्राकार, तारानाथ घिमिरे, उमेश डामियाले उम्मेदवारी दर्ता गराएका छन् भन एशोसिएट्सतर्फ ढकाल प्यानलबाट अजित बस्नेत, अम्बिकाप्रसाद पौडेल, रामशरण थपलिया, भरत आचार्य, विनोद ढकाल, विराट थापा, गोपाल खनाल, कृष्णलाल महर्जन, बाबुकाजी कार्की रहेका छन।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.