तिहारपछि चालक अनुमतिपत्रको परीक्षा सुचारु


काठमाडौं, कात्तिक १९ । कोरोनाका कारण आठ महिनादेखि स्थगित सवारी चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा तिहारपछि शुरु हुने भएको छ ।

लामो समयसम्म परीक्षा सञ्चालन नहुँदा सवारी चालक अनुमतिपत्र लिनबाट वञ्चित भएका थिए । त्यसैलाई मध्यनजर राखेर सरकारले पुनः परीक्षा सुचारु गर्न लागेको हो ।

यातायात व्यवस्था विभागले तिहारपछि चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा सुचारु गर्ने गरी गृहकार्य अगाडि बढाएको छ । लकडाउन शुरु भएपछि वर्षांैदेखि हुन नसकेको स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने काम विभागले यस अवधिमा सम्पन्न गरेको छ । अब ट्रायल पास भएको करिब एक साताभित्र नै स्मार्ट लाइसेन्स वितरण गर्ने तयारी विभागले गरेको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले तिहारपछि स्वास्थ्य मापदण्ड पालना गरेर सवारी चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको नेपाल समाचारपत्रलाई बताउनुभयो । कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै विभागले गत चैत ७ गते लाइसेन्सको आवेदन लिने तथा लिखित र प्रयोगात्मक परीक्षा लिने काम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको थियो ।

महानिर्देशक हमालले भन्नुभयो– ‘कोरोनाका कारण लामै समय लिखित र प्रयोगात्मक परीक्षा हुन नसक्दा सेवाग्राही मर्कामा परेका छन्, अब सरकारले तय गरेको स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गराएर लिखित प्रयोगात्मक परीक्षा शुरु गर्छाैं ।’

विगतमा जस्तो ट्रायल दिएको महिनौं दिनसम्म पनि स्मार्ट लाइसेन्स नपाइने समस्या अब हट्ने बताउँदै उहाँले दुवै परीक्षा पास हुनेले सवारी चालक अनुमतिपत्र काठमाडौं उपत्यकाभित्र दश दिन र राजधानीबाहिरका जिल्लामा एक महिनाभित्र प्राप्त गर्न सकिने बताउनुभयो ।

यस आर्थिक वर्षमा मात्र छाप्न बाँकी रहेको झन्डै आठ लाख चालक अनुमतिपत्र छपाइ सम्पन्न भएको छ । विभागले सरकारले जारी गरेको बन्दाबन्दीका समयमा समेत थप समय र जनशक्ति प्रयोग गरी अनुमतिपत्र छपाइ सकाएको महानिर्देशक हमालले बताउनुभयो ।

कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले जारी राखेको बन्दाबन्दी चैतदेखि जेठसम्म हुँदा यातायात व्यवस्था कार्यालयले पनि सेवा दिएका थिएनन् । केही वर्षदेखि चालक अनुमतिपत्रको छपाइमा ढिलाइ हुँदा सेवाग्राही हैरान हुँदै आएका थिए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope