पछिल्लो २४ घन्टामा ३०५१ जनामा कोरोना संक्रमण, काठमाडौ उपत्यकामा मात्र १३९८

२० कार्तिक २०७७, बिहीबार २१:१०

काठमाडाै्ं, कात्तिक २० । पछिल्लो २४ घन्टामा ३ हजार ५१ जनामा कोरोना संक्रमण देखिएको छ ।
देशैभर ३ हजार ५१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै ३ हजार ४ सय ३० जना भने कोरोना मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार देशभर संक्रमितको संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ । संक्रमितमध्ये १ लाख ४८ हजार ४ सय ८ जना कोरोना मुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ३ सय ९८ जनामा कोरोना संक्रमण भएको छ । काठमाडौंमा १ हजार ९१ जना, भक्तपुरमा १ सय ४७ जना र ललितपुरमा १ सय ६० जनासहित पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ३ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.