बङ्गलादेशसँगकाे मैत्रीपुर्ण खेलका लागि नेपाली टिम यस्ताे छ

२० कार्तिक २०७७, बिहीबार ०६:३४

काठमाडाैं, कात्तिक २० । बङ्गलादेशसँगकाे दुई मैत्रीपूर्ण खेलका लागि नेपाली टिमकाे घाेषणा गरिएकाे छ । बालगोपाल महर्जन घाेषणा गरेकाे टिमकाे कप्तानी किरण चेम्जाेङलाई दिइएको छ । नेपाली टोली भाेली विहान ढाका प्रस्थान गर्नेछ ।

राष्ट्रिय टोलीमा परेका खेलाडी: किरण चेम्जोङ (कप्तान) भरत खवास,सरोज दाहाल, सुबास गुरुङ, तेज तामाङ, अजित भण्डारी, रवी पसवान, छिरिङ्ग गुरुङ, अनन्त तामाङ, बिक्रम लामा, दिलेन लोक्तान छन ।

यस्तै बिशाल श्रेष्ठ, सुजल श्रेष्ठ, रन्जित धिमाल, सुमन अर्याल, नवयुग श्रेष्ठ, सेशेहाङ आङदाम्बे, जर्ज प्रिन्स कार्की, बिकास खवास, अन्जन बिष्ट, पुजन उपरकोटी, बिमल राना,दिप कार्की, एरिक बिष्ट, दर्शन गुरुङ छन ।

यसपटक टिममा ८ जना नयाँ खेलाडीले माैका पाएका छन । यसपटक घोषणा गरिएको टोलीमा एरिक विष्ट, विकास खवास, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्ताम, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे र छिरिङ गुरुङ पहिलो पटक टोलीमा परेका हुन् ।

नेपालले बङ्गलादेशसँग ढाकामा यहि नोभेम्बर १३ र १७ तारिखमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । टिममा सहायक प्रशिक्षकमा किरण श्रेष्ठ, गाेलकिपर प्रशिक्षकमा विकास मल्ललाई छन। ढाका जाने २५ खेलाडी एक ब्यवस्थापक, तीन प्रशिक्षकसहित कुल ३५ जना छन ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.