ओली-प्रचण्डबीचको छलफल विनानिष्कर्ष सकियो, जुटेन सहमति


काठमाडौं, कात्तिक २१ । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्प कमल दाहाल ‘प्रचण्ड’बीच आज भएको भेटवार्ता सकिएको छ । झण्डै तीन घण्टा भएको छलफलमा पार्टीको आन्तरिक विषयमा कुराकानी भए पनि आजको भेटवार्ता बिनानिश्कर्ष सकिएको छ ।

पार्टीको आन्तरिक तिक्तता बाहिर आइरहेका बेला दुई अध्यक्षले त्यसबारे छलफल गरी समाधानको प्रयासमा जुटेका छन् । तर, आज भएको भेटवार्तामा खास सहमति जुट्न नसकेको स्रोतको भनाई छ । पार्टीका दोस्रो तहका नेताहरुले देखिएको विवाद समाधान गर्न अध्यक्षद्वय नै सक्रिय हुनुपर्ने सुझाव र दवाव दिएपछि दुई अध्यक्षबीचको नियमित संवाद पुनः शुरु भएको छ ।

यसअघि लामो समयसम्म दुई अध्यक्षबीच छलफल र संवाद हुन नसक्दा पार्टीको आन्तरिक विवाद सतहमा आएको थियो । बैठकमा भएको छलफल बारे विस्तृतमा जानकारी गराइएको छैन ।

सत्तारुढ दल नेकपामा सरकारले गरेको राजदूतको नियुक्ति सिफारिसदेखि मन्त्रिपरिषद् पुनर्गठन, कर्णालीमा देखिएको विवाद र रअका प्रमुखको नेपाल आगमनसमेतलाई लिएर विवाद देखिएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope