कोरोनाले विश्वभर एकैदिन ६ लाखभन्दा बढीमा संक्रमण


एजेन्सी, कात्तिक २१ । कोरोना भाइरसको संक्रमणले विश्वभर एकैदिन ६ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

दोस्रो लहरको संक्रमण देखिएसँगै संक्रमित संख्यामा दैनिक बृद्धि हुँदै गएको छ । पछिल्लो २४ घण्टा ६ लाख २ हजार १२४ जनामा संक्रमण भएको छ । यसमध्ये ३ लाख १० हजार ७०७ जना संक्रमित युरोपका मात्रै छन् ।

नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ९० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ७०७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १२ लाख ३८ हजार ८१५ पुगेको छ ।

युरोपेली मुलुकमा मात्रै पछिल्लो २४ घण्टामा ३ हजार ६५३ जनाको मृत्यु भएको छ । योसँगै युरोपेली मुलुकमा कोरोनाले मृत्यु हुनेको संख्या २ लाख ८२ हजार ८६२ पुगेको छ ।

अहिलेसम्म कुल संक्रमितमध्ये ३ करोड ४९ लाख ७४ हजारभन्दा बढी निको भएका छन् । उपचार गराइरहेका १ करोड २७ लाख ९४ हजार ६८८ मध्ये ९० हजार ४५ को अवस्था गम्भीर छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope