धुम्वाराहीमा सुरू भयो प्रचण्डको ब्रिफिङ, बादलसहितका नेता अनुपस्थित

२१ कार्तिक २०७७, शुक्रबार १६:५९

काठमाडौं, कात्तिक २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको नेकपा केन्द्रिय सचिवालयको अनौपचारिक बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरू भएको छ।

बैठकमा कार्यकारी अध्यक्ष दाहालले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटघाटको ब्रिफिङ तथा आगामी रणनीतिको बारेमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसँग सल्लाह गर्दैछन्।

प्रचण्डले गरेको ब्रिफिङमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा भने अनुपस्थित छन्।

अर्थमन्त्री समेत रहेका महासचिव पौडेलले ‘बैठक बसेपछि औपचारिक नै बस्ने’ भएकाले आज नेकपा सचिवालय बैठक नभएको प्रतिक्रिया दिएका थिए।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.