मौसम सामान्यतया सफा, पहाडी क्षेत्रमा आंशिक बदली

२१ कार्तिक २०७७, शुक्रबार ०६:१९

काठमाडाैं, कात्तिक २१ । हाल नेपालको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणली विकसित भएको छैन ।

हाल देशका पहाडी भू–भागको मौसममा आंशिक बदली भएको छ । त्यस्तै देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू–भागको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ । त्यस्तै देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशका पहाडी भू–भागको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ । त्यस्तै देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.