युरोपा लिगमा आर्सनलद्वारा मोल्डे ४-१ ले पराजित


एजेन्सी, कात्तिक २१ । प्रिमियर लिग क्लब आर्सनलले युरोपा लिग फुटबलअन्तर्गत समूह चरणको तेस्रो खेलमा पुनरागमन जित निकालेको छ । बिहीबार राति भएको खेलमा आर्सनलले मोल्डेलाई ४-१ गोल अन्तरले पराजित गर्न सफल भएको हो ।

घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन निकोलस पेपे जोय उलोकले एक-एक गोल गरे । दुई गोल आर्सनलले आत्मघाती उपहार पाएको थियो । उता मोल्डेका लागि मार्टिन इलङ्गेसनले एक गोल गरे ।

खेलको २२औँ मिनेटमा मोल्डेका लागि मार्टिनले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयमा मेल्डेका क्रिस्टोफेर हुगेनले आत्मघाती गोलबाट आर्सनलले खेलमा बराबरी ल्यायो ।

६२औँ मिनेटमा मेल्डेका सेरिफ सिनेयाले आत्मघाती गोल गर्दा अर्सनलले आफ्नो अग्रता २-१ गोलमा पुर्‍यायो । ६९औँ मिनेटमा पेपेले गोल गर्दा आर्सनलले आफ्नो अग्रता ३-१ गोलमा पुर्‍यायो ।

८८औँ मिनेटमा जोयको गोलमार्फत आर्सनलले खेलमा ४-१ गोल अन्तरले जित निकाल्न सफल भयो । जितसँगै आर्सनलले समूह ‘बी’मा तीन खेलबाट ९ अंक जोड्दै आफूलाई शीर्ष स्थानमा उभ्याएको छ । पराजित मोल्डे ६ अंकसहित दोस्रो स्थानमा छ ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope