४५०० जना कोरोना संक्रमित निको भए, २९०९ जनामा संक्रमण देखियो

२१ कार्तिक २०७७, शुक्रबार १७:०३

काठमाडौं, कात्तिक २१ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट संक्रमित ४ हजार ५०० जना व्यक्ति संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो अपडेट अनुसार २४ घण्टामा ४ हजार ५०० जना संक्रमण मुक्त भएका हुन् ।

संक्रमण मुक्त हुनेभन्दा संक्रमित हुनेको संख्या निकै कम रहेको छ । शुक्रबार २ हजार ९०९ जनामा संक्रमण देखिएको छ । हालसम्म १ लाख ८८ हजार ८८३ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये, १ लाख ५२ हजार ९०८ जना संक्रमण मुक्त भएका छन् ।

शुक्रबार ३४ हजार ९०५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १ हजार ७० पुगेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.