अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो बाइडन निर्वाचित

२२ कार्तिक २०७७, शनिबार २२:३९

एजेन्सी, कात्तिक २२ । अमेरिकाको ४६औं राष्ट्रपतिमा जोसेफ आर. बाइडेन जुनियर (जो बाइडेन) निर्वाचित भएका छन् ।

डेमोक्रयाट पार्टीको तर्फबाट उम्मेदवार बनेका पूर्व उपराष्ट्रपति बाइडेनले वर्तमान राष्ट्रपतिलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

बाइडेनले पेन्सिलभेनियाको २० इलेक्ट्रोरल मत प्राप्त गरेपछि ह्वाइटहाउसको यात्रा निश्चित भएको हो । बाइडेनले अहिलेसम्म २८४ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् । पराजित ट्रम्पले २१४ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् ।

राष्ट्रपति बन्नका लागि २७० इलेक्ट्रोरल मत प्राप्त गर्नु पर्दछ । सबै राज्यको अन्तिम नतिजा आउनुअघि नै बाइडेन विजयी भएका हुन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.