अमेरिकी राष्ट्रपतीय चुनावमा बाइडन बिजयी: झूठको अन्त्य

२२ कार्तिक २०७७, शनिबार २२:४२

अमेरिकामा भएको राष्ट्रपतीय चुनाबको अन्तिम नतिजा आईसकेको छ र त्यसमा जो बाइडन अबको ४ बर्षे कार्यकालको लागि चुनिएका छन् । त्यो सँगै बिस्वले हाँसोको पात्रको रुपमा मात्र हेरिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पराजय भएको छ । यसले नस्लबादी सोच भएका, ट्रम्प जस्तै आचरण भएका, अमेरिकी मूल्य र मान्यता बिपरित बिचार भएका, र झूठको खेतीमा रमाउने आदत भएकाहरुलाई ठूलो धक्का पुगेको छ । यो सँगै जो बाइडन र कमला ह्यारिसको काँधमा ठुलो जिम्मेवारी आएको छ । यस नतिजाले अमेरिकाको राष्ट्रपति हुनु भनेको अमेरिकी मूल्य र मान्यता बिपरित नजानु, गैर जिम्मेवारी नहुनु, घमण्डी, उदंडी र बिखण्डनकारी नहुनु हो भन्ने कुरा प्रमाणित गरेको छ।

जतिबेला डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति भए, त्यति बेला उनि राष्ट्रपति होलान भनेर कसैले कल्पना पनि गरेका थिएनन । उनि राष्ट्रपति नहुन्जेल सम्म उनलाई एउटा मनोरन्जन गराउने पात्रको रुपमा मात्र हेरिएको थियो र उनका बिरुद्द उत्रिएकी डेमोक्र्याटिक हिलारी क्लिन्टन र उनका सपोर्टरहरु प्राय: सबैलाई लागेको थियो हिलारी नै सन् २०१६ मा अमेरिकी राष्ट्रपति हुनेछिन । तर बिस्वलाई नै चकित पार्दै डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति भएका थिए । त्यो सँगै धेरैले आपतिजनक प्रतिक्रिया पनि दिएका थिए कि डोनाल्ड ट्रम्पको हातमा अमेरिका र अमेरिकन जनताको अस्तित्व के होला भनेर । यदि डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति भए भने देशै छोड्छु भनेर प्रतिक्रिया दिने सेलिब्रेटिहरुको पनि ओहिरो लागेको थियो । ‘नचाइदा बकम्फुसे कुरा गरेर कोहि अमेरिकाको राष्ट्रपति हुन् सक्छ ?’ भन्नेहरुका माझ मै ट्रम्प अमेरिकाको राष्ट्रपति भएका थिए ।

ट्रम्पले आफू अमेरिकाको राष्ट्रपति हुनु पहिले मेक्सिकोको सिमानामा ठुलो पर्खाल बनाउने, आप्रवासीहरुलाई अमेरिका आउनबाट बन्चित गर्न कडा नीति ल्याउने र गैर आवासियहरुलाई तुरुन्त देशबाट खेदाउने दम्भ आफ्ना हरेक भाषणमा राख्दै आएका थिए । त्यो मात्रै होईन, उनको महिला प्रति गर्ने ब्यबहार, हिलारी क्लिन्टन प्रति देखाएको तुच्छ बिचार, नस्लबादी सोच आदिका कारणले पनि उनि चुनाब जित्न सफल भएका थिए र फलत हिलारीले ट्रम्पको भन्दा बढि नै पपुलर मत ल्याए पनि इलेक्टोरेल मतको कारण राष्ट्रपति चुनाबमा हार बेहोर्नु परेको थियो । उक्त परिणामले वास्तविक अमेरिकालाई छर्लंगै पारेको थियो । अर्थात अझै पनि अमेरिकी समाज कति पछाडि रहेछ लंगीय विभेद तथा रंग भेदका सवालमा भन्ने कुरा देखाएको थियो । बिस्वमै प्रबिधि, अर्थतन्त्र, र बिज्ञानमा अगाडि छौ भनेर गर्व गर्ने अमेरिका अझैपनि चेतनाको स्थरमा कति पछाडि रहेछ भन्ने कुरा छर्लंग भएको थियो । राजनीतिक नेतालाई भोट दिंदा, दिंदा वाक्क भएका केहि अमेरिकी मानिसहरुको भोट पनि ट्रम्पलाई गएको थियो त्यतिबेला । आफ्नो स्टकमा हालेको पैसा बढ्छ कि भनेर अलिक पैसा हुनेहरुले पनि ट्रम्पलाई नै भोट हालेका हुन सक्थे ।

त्यहि थाहा पाएर, ट्रम्पले आफ्नो रणनिति कहिल्यै छोडेनन । उनको रणनिति नै ढाँट र देश चलाउ मै रहयो । कन्सिपेरसी थेउरिको आडमा जतिसक्दो आफूलाई राम्रो देखाउन चाहिरहे । आफूलाई राम्रो भन्ने मान्छेको तारिफ गर्ने र आफ्नो बिरुद्ध बोल्नेलाई घृणा गर्ने, उसको बिरुद्द ट्विट गर्ने र आफूले काम दिएको मान्छेले उनको पक्षमा काम नगरे उसलाई कामबाट निकालिदिने गरिरहे । उनले बिगतमा गरेका अनैतिक कामको चर्चा हुँदा, भिडयोमा प्रष्ट देखिदा समेत, त्यसले ट्रम्पलाई केहि फरक पारेन, बरु उनि सँगै सामेल भएर अपराधिक क्रियाकलाप गर्नेहरु जस्तै जेफ्री इपिस्टन हरु जेल परे तर ट्रम्प भने आफूले उनीहरुलाई नचिने झैँ गरिरहे । महाअभियोगको प्रस्तावले समेत उनलाई छुन सकेन । न्यायलय देखि हरेक तप्कामा आफ्ना मान्छे अर्थात आफ्नो पक्षमा बोल्ने मान्छेलाई मात्र राखिरहे । देशमा रंगभेद चर्काइरहे र अमेरिकी मूल्य र मान्यता बिरुद्ध अगाडि बढिरहे । आफूलाई मन नपरेका मान्छे बिरुद्ध तथानाम बोल्न र मनपरी भन्न छोडेनन । ‘अब्रहाम लिंकन पछिको मै हो काला जातिको पक्षमा लड्ने’ पनि भन्न छोडेनन । कोरोना भाईरसले लाखौको ज्यान लादा समेत, सत्यता लुकाइरहे । उनी सर्वेसर्वा भईरहे ।

उनको घमण्डी र उदण्ड स्वाभाबलाई बिस्तारै आफूलाइ गोरा जातिका हौ भन्नेहरुले पनि पचाउन छोडे । र अहिले आएर अपवादमा केहि काला जातिका मानिस र भ्रममा परेका केहि आप्रावासीहरुले ट्रम्पलाई मन पराए पनि, अन्तत झुटको खेति र घमण्ड टिक्दैन भन्ने प्रमाणित भैसकेको छ । जुन यो चुनावको नतिजाले दिइसकेको छ।

ट्रम्पले अमेरिकी राष्ट्रपतीय ईतिहासमा एउटा नराम्रो छबि बनाएका छन् तर उनलाई त्यसको कुनै मतलब छैन किनकि उनले सोचेकै थिएन कि उनि अमेरिकाको राष्ट्रपति हुन्छु भनेर | उनले त्यसैमा आफूलाई महान ठानेका छन् । ट्याक्स छलेर पनि आफूलाई सहि प्रमाणित गराउदै हिड्न सक्ने एउटा दम्भ बोकेको राष्ट्रपतिको रुपमा भने उनलाई बिस्वले चिन्ने छ । अब यस पछि बिगत र अहिलेसम्मका ट्रम्पका गतिबिधिलाई हेरेर ट्रम्पको अवस्था के हुन्छ त्यो भबिस्यले नै बताउला तर जो बाइडन र कमला ह्यारिसको काँधमा भने एउटा ठुलो जिम्मेवारी आएको छ कि अमेरिका जस्तो देशमा पनि चेतनाको स्थर अझै माथि लानु जरुरि छ नत्र गोरा कालाको भेद चलिरहने छ, लैंगिकता र यौनिकताको आधारमा समाज खण्डित भैरहने छ र फेरी डोनाल्ड ट्रम्प जस्ता मानिस अमेरिकामाथि शासन गर्न आइपुग्नेछन । यसबाट अमेरिकाले मात्र होईन, बिस्वले नै पाठ सिक्नु जरुरि छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.