घोडाबाट लडेर कर्णाली प्रदेशका मुख्यमन्त्री शाही घाइते

२३ कार्तिक २०७७, आईतवार ०५:३८

हुम्ला, कात्तिक २३ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएका छन् ।

शुक्रबार हुम्ला पुगेका शाही सदरमुकामबाट सिमकोट गाउँपालिका वडा नं ३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा हुडि गाउँ र लिमाटाङ्ग गाउँको बीचमा पर्ने खोलामा शनिबार घोडाबाट लडेर घाइते भएका हुन् । शाहीको अवस्था सामान्य छ ।

सदरमुकामबाट गाडीमा हुम्ला पुगेका मुख्यमन्त्री शाहीलाई यहाँका स्थानीय लामा समुदायले घोडामा चढ्नका लागि स्वागत गरेपछि घोडामा चढेका शाही त्यसपछि लडेका हुन् ।

मुख्यमन्त्री शाहीले चडेको घोडा तर्सिदा लडेर घाइतेभएको नेपाल पत्रकार महासङ्घ हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहराले जानकारी दिएका छन् ।

मुख्यमन्त्री शाहीलाई हेलिकोप्टरबाट उद्धार गरी सदरमुकाम ल्याइएको छ । मुख्यमन्त्री शाही सँगै कर्णाली प्रदेशका प्रतिपक्षी दलका नेता जीवनबहादुर शाही, नेकपाका केन्द्रीय सदस्य विजय भण्डारी, कर्णाली प्रदेशका प्रवक्ता बिमला केसीलगायतका नेता तथा कार्यकर्ता रहेका थिए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.