लालिगामा बार्सिलोनाको जित, मेस्सीको दुई गोल


एजेन्सी, कात्तिक २३ । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित रियल बेटिसलाई ५-२ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे । ओसुमाने डेम्बेले, एन्टोनियो ग्रिजम्यान र पेड्रीले एक एक गोल थपे ।

बेटिसका एन्टोनियो सानाब्रिया र लोरेन मोरानले एक एक गोल फर्काए । क्याम्प नाउमा डेम्बेलेले २२ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा ग्रिजम्यानले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार बेटिसका गोलकिपर क्लाउडियो ब्राभोले रोकेका थिए ।

पहिलो हाफको इन्जुरी समयमा एन्टोनियोले गोल गर्दै बेटिसलाई १-१ गोलको बराबरीमा फर्काए ।खेलको ४९ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । खेलको ६१ औं मिनेटमा मान्डीले रातो कार्ड पाएपछि बेटिस १० खेलाडीमा समेटियो ।

आफ्नो पेनाल्टी क्षेत्रमा हातले बल रोकेपछि मान्डीले रातो कार्ड पाएका थिए । र, बार्सिलोनाले पेनाल्टी पाएको थियो । जसमा परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका मेस्सीले सहजै गोल गर्दै टोलीको अग्रता ३-१ को बनाए । मेस्सी अन्सु फातीको स्थानमा ४६ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

खेलको ७४ औं मिनेटमा बेटिसका मोरानले गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए ।  तर, ८२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-२ को अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई ५-२ को जित दिलाए ।

जितसँगै बार्सिलोनाले ७ खेलमा ११ अंक जोडेको छ । तेस्रो जित निकालेको बार्सिलोना आठौं स्थानमा समेत उक्लिएको छ । बेटिस ९ खेलमा १२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope