सच्चियो खेलाडी वर्गीकरण, सोमपाल ‘ए’ श्रेणीमा


काठमाडौं, कात्तिक २३ । नेपाल क्रिकेट संघ (क्यान) ले सेन्ट्रल कन्ट्रयाक्टमा परेका राष्ट्रिय क्रिकेट टिमका पुरुष र महिला खेलाडीको वर्गीकरण परिमार्जन गरेको छ ।

यस अघि गरेको खेलाडी वर्गीकरणको चौतर्फी विरोध भएपछि क्यानले वर्गीकरण परिमार्जन गरेको हो ।

खेलाडी वर्गीकरण छनोट समितिले तयार गरेको नयाँ वर्गीकरणलाई शनिबार बसेको क्यानको बोर्ड बैठकले सर्वसम्मतले पारित गरेको छ ।

परिमार्जन भएको वर्गीकरणमा बलर सोमपाल कामी ‘ए’ श्रेणीमा परेका छन् । यस अघि उनलाई ‘बी’ मा राखिएको थियो ।

यस्तै ‘सी’ मा रहेका अविनास बोहरालाई ‘बी’ मा राखिएको छ । यस अघि कन्ट्रयाक्टमा नपरेका ललित नारायण राजवंशीलाई ‘बी’ र सन्दीप जोहरालाई ‘सी’ मा राखिएको छ ।

महिलातर्फ सरस्वती चौधरीलाई ‘बी’ तथा ममता चौधरी र सुमन खतिवडालाई ‘सी’ श्रेणीमा राखिएको छ ।

यस अघि गत असोज ६ गते चितवनको भरतपुरमा बसेको क्यानको बोर्ड बैठकले पुरुष तथा महिला खेलाडीको वर्गीकरण तयार गरेको थियो ।

नयाँ वर्गीकरण अनुसार पुरुषतर्फ २० र महिलातर्फ २२ खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा परेका छन् ।

क्यानले यस पटकको कन्ट्रयाक्ट सम्झौता ६ महिनाको हुने जनाएको छ । सम्झौता २०२० को जनवरी १ बाट लागु भएको जनाएको छ ।

पुरुषतर्फ ‘ए’ श्रेणीको खेलाडीले ५० हजार, ‘बी’ श्रेणीको खेलाडीले ४० हजार र ‘सी’ श्रेणीको खेलाडीले मासिक ३० हजारको दरले तलब पाउने छन् ।

महिलातर्फ ‘ए’ श्रेणीका खेलाडीले १५ हजार, ‘बी’ ले १२ र ‘सी’ श्रेणीका खेलाडीले १० हजार मासिक पाउने छन् ।

सेन्ट्रल कन्ट्रयाक्टमा पर्ने खेलाडीको सूची –

पुरुष –

‘ए’ श्रेणी: पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी,दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी,

‘बी’ श्रेणी: सुसन भारी, आरिफ शेख, पवन सर्राफ, अविनास बोहरा

‘सी’ श्रेणी: सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रसिद खान, कमल सिंह ऐरी, ललित राजवंशी, सन्दीप जोहरा

महिला –

‘ए’ श्रेणी: रुबिना क्षेत्रि, नेरी थापा, इन्दु बर्मा,सिता राना मगर, करुणा भण्डारी

‘बी’ श्रेणी: ज्योति पाण्डे, अप्सरी बेगम,रोमा थापा, बिन्दु रावल, कविता जोशी, ऋतु कजौनिया,काजल श्रेष्ठ, सरिता मगर, सरस्वती चौधरी

‘सी’ श्रेणी: कविता कुँवर,डोली भट्ट,अनुराधा चौधरी, सोनु खड्का,अञ्जली चन्द, सोभा आले, सुमन खतिवडा, ममता चौधरी


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope