२८१७ जनामा कोरोना संक्रमण पुष्टि, थप २१ जनाको मृत्यु


काठमाडौं, कात्तिक २३ । आइतबार कोरोना भाइरसका २ हजार ८१७ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कोरोना अपडेट पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार १२ हजार ३११ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ८१२ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै हालसम्म कुल संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

आइतबार सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आइतबार १ हजार ५३३ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १ हजार २९४, ललितपुरमा १६२ र भक्तपुरमा ७७ जना रहेका छन् ।

आइतबार २ हजार ८१२ जना संक्रमण मुक्त भएकाछन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ पुगेको छ । यो कुल संक्रमणको ८१.१ प्रतिशत रहेको प्रवक्ता गौतमले बताए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope