आजको मौसम : सामान्यतया सफा, पहाडी भू-भागमा आंशिक बदली

२४ कार्तिक २०७७, सोमबार ०६:३५

काठमाडौं, कात्तिक २४ । हाल देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको विकास भएको छैन ।

हाल प्रदेश न. १, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका थेरै भू-भागको मौसममा आंशिक बदली रहेको छ ।

त्यस्तै देशका अन्य भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभरको मौसम सामान्यतय सफा रहने छ । तर अपरान्हपछि पहाडी भू-भागको मौसममा आंशिक बदली रहने विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ । त्यस्तै देशका अन्य भू-भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.