कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक तीन दिनपछि सर्यो


काठमाडौ, कात्तिक २४ । प्रमुख प्रतिपक्षी कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक फेरि पनि सरेको छ ।

महाधिवेशनको मिति र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उठाएका विषयमा सहमति जुट्न नसकेपछि सोमबारका लागि बोलाइएको बैठक तीन दिनपछि सारिएको हो । अर्को बैठक मिति कातिक २७ गतेका लागि तोकिएको छ ।

यसअघि सहमति जुटन नसकेको भन्दै कात्तिक १९ गते बोलाइएको बैठक सोमबारका लागि सारिएको थियो । कांग्रेस केन्द्रीय समितिको बैठक एक महिनादेखि स्थगित हुँदै आएको छ । सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले विभाग बिस्तार गरेको, विधान मिचेको, महाधिवेशन टार्न खोजेको भन्दै पौडेल पक्षले राखेको फरक मतमा सहमति जुटाउन पछिल्ला केही दिनयता निरन्तर बैठक बसेपनि निस्कर्ष आउन सकेको छैन ।

पौडेल पक्षले एकलौटी गठन गरिएका विभाग खारेज गर्नुपर्ने बताएको छ । तर देउवाले विभाग गठन फिर्ता नहुने र अन्य बिषयमा छलफल गर्न तयार रहेको बताउदै आएका छन ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope