स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन गर्न तयार छुः प्रधानमन्त्री अ‍ोली


काठमाडाैं, कात्तिक २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन गर्न आफू तयार भएको बताएका छन् ।

सोमबार दिउँसो बालुवाटारमा विवाद समाधान कार्यदलका सदस्यहरुसँग छलफल गर्दै प्रधानमन्त्री अ‍ोलीले पार्टीभित्रको विवाद समाधानका लागि आफू अघिल्ले बैठकका निर्णय कार्यान्वयन गर्ने बताएका हुन् ।

कार्यदल सदस्य सुरेन्द्र पाण्डेले सचिवालय बैठक बोलाएर पार्टीभित्र देखिएका विवाद समाधान गर्न र स्थायी कमिटी बैठकका निर्णयहरु कार्यान्वयन गर्न सुझाव दिएको जानकारी दिए ।

कार्यदल संयोजक महासचिव विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र वरिष्ठ नेता माधवकुमार नेपाल निकट भीम रावल र सुरेन्द्र पाण्डे सहभागी थिए भने जनार्दन शर्मा र पम्फा भुषाल अनुपस्थित थिए । शर्मा कोरोना संक्रमण भएर आइसोलेसनमा छन् भने भुषाल  कार्यव्यस्तताका कारण अनुपस्थित भएकी हुन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope