अब कोरोनाको परीक्षण र उपचार निःशुल्क


सर्वोच्चको बोल्ड आदेशपछि सरकारले आफ्नो निर्णय सच्यायो

काठमाडौं, कात्तिक २५ । चौतर्फि आलोचना भएपछि सरकारले कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।

आफ्नो पूर्ववत निर्णय सच्याउँदै सरकारले कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

सोमबार बसेको बैठकले सबै सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण निःशुल्क र सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

यद्यपी नीजि अस्पतालहरुको विषयमा भने सरकार मौन देखिएको छ ।

यसअघि असोज १५ गते सर्वोच्च अदालतले कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो । फैसला पुनरावेदनका लागि सरकारले दिएको निवेदन समेत खारेज भएपछि सरकारलाई निर्णय उच्याउन दबाब परेको थियो ।

स्रोतकाअनुसार सरकारले कोरोनाको भ्याक्सिन बन्नासाथ नेपालमा ल्याउने पहल गर्न अर्थ, परराष्ट र स्वास्थ्य सचिव रहेको कमिटी समेत बनाउने निर्णय गरेको पनि गरेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope