आईपीएल फाइनल आज : उपाधि जित्ने होडमा दिल्ली र मुम्बई

२५ कार्तिक २०७७, मंगलवार १४:५०

एजेन्सी, कात्तिक २५ । इन्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेटको फाइनल खेल आज हुँदैछ ।

उपाधिका लाई युएईको दुवइ इन्टरनेशनल स्टेडियममा आज बेलुका पौने आठ बजे दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स भिड्दैछन् ।

मुम्बई साविक विजेता टिम हो भने दिल्ली पहिलो पटक आईपीएलको उपाधि नजिक पुगेको हो । दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो ।

दिल्ली भने पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएको थियो । यस सिजनमा मुम्बईले दिल्लीलाई तीन पटक हराएकाले फाइनलमा पनि त्यसलाई निन्रन्तरता दिने प्रयासमा छ ।

मुम्बईले यसअघि चार पटक आईपीएलको उपाधि जितिसकेको छ दिल्ली भनेपहिलो पटक उपाधि भित्राउने प्रयासमा हुनेछ । सन् २००८ बाट सुरु भएको आईपीएलको यो १३ औं संस्करण हो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.