आजको मौसम : सामान्यतया सफा, पहाडी भू-भागमा आंशिक बदली

२५ कार्तिक २०७७, मंगलवार ०६:२६

काठमाडाैं, कात्तिक २५ । हालका लागि देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको विकास भएको छैन ।

हाल देशका हिमाली भू-भागको मौसममा आंशिक बदली रहेको छ ।

त्यस्तै देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ ।

त्यस्तै देशका अन्य पहाडी भू-भागको मौसममा आंशिक बदली रहने सम्भावना छ । त्यस्तै देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

त्यसैगरी आज राती देशको पहाडी भू-भागको मौसममा आंशिक बदली रहनेछ । त्यस्तै देशका अन्य भू-भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.