नेकपाका बहुमत सचिवालय सदस्यहरुको बैठक बिहीबार बस्ने


काठमाडौ, कात्तिक २५ । नेकपाका बहुमत सचिवालय सदस्यहरुको बैठक बिहीबार बस्ने भएको छ ।

आज पार्टी कार्यालय धुम्बाराहीमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बसेको बैठकले दुई दिनपछि बैठक बोलाउने निर्णय गरेको हो ।

दुई दिन अर्का अध्यक्ष केपी ओलीलाई कुर्ने र त्यसपछि बिहीबार सचिवालय बैठक बस्ने निर्णय बहुमत सदस्यहरुको बैठकले निर्णय गरेको हो । बहुमत सचिवालय सदस्यले बैठकमा सहभागी हुन ओलीलाई आग्रह गर्ने निर्णय समेत गरेका छन । बहुमत सदस्यहरुले आफूहरू पार्टी एकताको पक्षमा संवेदनशील रहेकैले बैठकका लागि धेर्य गरिरहेको बताएका छन ।

आफूहरूको धेर्यलाई कमजोरीका रूपमा नबुझ्न उनीहरुले अध्यक्ष ओलीलाई चेतावनी दिएका छन । सचिवालय बैठक राख्ने पक्षमा अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरु एकमत भएका छन् ।

बैठकअघि दाहालले प्रधानमन्त्री एबं पार्टी अध्यक्ष केपी ओलीसँग समेत बालुवाटारमा छलफल गरेका थिए । सो क्रममा दाहालले भोलि ओलीको उपत्यकाबाहिर जाने कार्यक्रम रहेकाले २७ कात्तिकमा बैठक बस्नका लागि सहमति मागेपनि ओलीले सहमति दिएका थिएनन ।

ओलीसँग सहमति लिनका लागि लिखित पत्र बुझाएको तीन दिन हुँदा पनि बैठकका विषयमा ठोस प्रस्ताव नआएपछि कार्यकारी अधिकार प्रयोग गर्दै दाहालले आज बहुमत सदस्यसँग छलफल गरेका हुन । दाहालले बैठक राख्ने तयारी गरेपछि स्थायी समिति सदस्य शंकर पोखरेलले आजै बिहान खुमलटार पुगेर दाहालसँग भेटवार्ता गरेका थिए ।

सो क्रममा पोखरेलले सहमतिमा मात्रै बैठक राख्न आग्रह गरेका थिए । यसअघि बहुमत सचिवालय सदस्यले सहमतिका लागि अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई दुई दिनभित्र बैठक बोलाउन लिखित पत्र बुझाएका थिए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope