नेपालमा थप २२ जना संक्रमितको मृत्यु, कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ सय ४८ पुग्यो

२५ कार्तिक २०७७, मंगलवार १९:०५

काठमाडौं, कात्तिक २५ । नेपालमा बितेको २४ घण्टामा थप २२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनाबाट ११ सय ४८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यो अवधिमा ८ सय ५३ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६० हजार ५ सय ७७ जना पुगेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार ३५ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १५ लाख ६४ हजार २ सय १४ परीक्षण भएको छ । भने नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित ३८ हजार ३५ जना छन् । यस्तै १ हजार ५८ जना क्वारेन्टाइनमा रहेका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.