प्रधानमन्त्रीलाई प्रचण्डले भनेः २७ गतेको सचिवालय बैठकमा आउनूस्

२५ कार्तिक २०७७, मंगलवार १९:४१

काठमाडाैं, कात्तिक २५ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई २७ गतेको सचिवालय बैठकमा आउन आग्रह गरेका छन् ।

अध्यक्ष प्रचण्डले सहमतिका आधारमा २७ गतेको सचिवालय बैठकमा आउन आग्रह गरेका हुन् । तर, जवाफमा प्रधानमन्त्री अ‍ोलीले २७ गते बैठक राख्ने विषयमा छलफल गर्ने बताएका थिए । उनले आफू भोली काठमाण्डु बाहिर जाने कार्यक्रम भएकाले २७ गते भेट्ने वाचा गरेका थिए ।

पत्रकारहरुसँग कुरा गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले २७ गते बैठक राख्ने विषयमा सहमति गर्ने जवाफ दिएको जानकारी दिए ।

‘छिटोभन्दा छिटो बैठक राख्नुको विकल्प छैन् भन्नुभयो । कमरेड प्रचण्डले भोली ओलीजी उपत्यका बाहिर कार्यक्रममा जाने भन्ने योजना भएको स्थितिमा पनि २७ गते सचिवालयको बैठक बस्नुपर्छ भनेर बैठकको सहमति र बैठकमा आउन आग्रह गर्नुभएको छ । तर, आजको छलफलमा उहाँले २७ गते बैठक बस्ने कुरामा सहमति जनाइसक्नुभएको छैन्’, उनले भने ।

अध्यक्ष प्रचण्डका अनुसार २७ गते प्रधानमन्त्री अ‍ोलीले सहमति दिनेछन् र सहमतिकै आधारमा बैठक बस्नेछ । आज पार्टी कार्यालय धुम्बाराहीमा बहुमत सचिवालय सदस्यहरुको बैठक बसेको थियो । आजको बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँगको छलफलबारे ब्रिफिङ गरेका थिए ।

बैठकमा अध्यक्ष प्रचण्डसहित, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित थिए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.