प्रधानमन्त्री भेट्न बालुवाटार पुगे अध्यक्ष प्रचण्ड

२५ कार्तिक २०७७, मंगलवार १५:४८

काठमाडाैं, कात्तिक २५ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

मंगलबार बिहान लुम्बिनी प्रदेशका मुख्यमनत्री शंकर पोखरेलसँगको भेटपछि अध्यक्ष प्रचण्ड बालुवाटार गएका हुन् ।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला दुवै अध्यक्षबीच संवाद टुटेको थियो । प्रधानमन्त्री ओलीलाई पटकपटक सचिवालय बैठक डाक्न आग्रह गरेर पनि अस्वीकार गर्दै आएका छन् ।

अध्यक्ष प्रचण्डले चार बजे धुम्बाराहीमा अनौपचारिक सचिवालय बैठक आह्वान गरेका छन् । उनले बहुमत सचिवालय सदस्यहरुको बैठक बोलाएका हुन् ।

आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी हुनेछन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.