काठमाडौं, कात्तिक २६ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाल र बंगलादेशबीच यही कात्तिक २८ र मंसिर २ गते ढाकाको बंगबन्धु नेशनल स्टेडियममा फुटबल प्रतिस्पर्धा हुँदैछ ।

कोरोना महामारिका कारण दक्षिण एसियाली देशहरुका दर्शकसहित खेल हुन सकेको छैन । तर, बीएफएफले फिफा र एएफसीको गाइडलाइन्स अनुसार मैदानमा दर्शक प्रवेश गराउने भएको छ । सो खेलमा दर्शकले मैदानमै उपस्थित भएर हेर्न पाउने भएका हुन् । दर्शक कति संख्यमा मैदानमा प्रवेश गराउने एकिन भने गरिएको छैन ।

बंगलादेश फुटबल फेडेरेशन (बीएफएफ) ले दुई मैत्रीपूर्ण खेलमा दर्शकलाई मैदान प्रवेश गर्न अनुमति दिने निर्णय गरेको जनाईएको छ । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल दर्शकलाई मैदान प्रवेश गर्ने निर्णय बीएफएफले गरेको हो ।

यस्तै बीएफएफले खेलको टिकट मूल्यसमेत तोकेको छ । जसमा भीआईपी प्यारापिटतर्फ ५०० टाका र सामान्यतर्फ १०० टाका तोकिएको छ । रंगशाला प्रवेश गर्ने हरेक दर्शकले फिफा र एएफसीको गाइडलाइन्स पालना गर्नुपर्नेछ ।

दुई मैत्रीपूर्ण खेललाई बिएफएफले ‘मुजिब बोर्शो फिफा इन्टरनेशनल फुटबल सिरिज २०२० : बंगलादेश भर्सेस नेपाल’ नाम दिएको छ । मैत्रीपूर्ण नेपाली समय अनुसार साँझ ४: १५ बजे सुरु हुनेछ ।

यस्तै फिफा र एएफसीको अनुमति अनुसार बंगलादेश राष्ट्रिय फुटबल टिमले कतारको दुई क्लबसंग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । त्यसबारे थप जानकारी पछि सार्वजनिक हुने जनाइएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.