आजको मौसम : सामान्यतया सफा, पहाडी भू–भागमा आंशिक बदली

२६ कार्तिक २०७७, बुधबार ०६:०३

काठमाडौं, कात्तिक २६ । हाल देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको विकास भएको छैन ।

हाल देशका हिमाली भू-भागको मौसममा आंशिक बदली रहेको छ । देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू-भागको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ । त्यस्तै देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ । त्यस्तै देशका अन्य भू-भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.