बामदेव गौतमलाई मन्त्रीलगायतका पदमा नियुक्ति हुन कुनै बाधा नहुने सर्वोच्चको फैसला

२६ कार्तिक २०७७, बुधबार १७:०२

काठमाडाैं, कात्तिक २६ । राष्ट्रिय सभा सदस्यका लागि मनोनित भएका नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई मन्त्री लगायतका पदमा नियुक्ति हुन सर्वोच्च अदालतले बाटो खोलि दिएको छ ।

सर्वोच्च अदालत अन्तर्गत संबैधानिक इजलासले यसअघि दिएको अन्तरिम आदेशलाई खारेज गरेपछि गौतमलाई मन्त्रीलगायतका पदमा नियुक्ति हुन बाटो खुलेको हो ।

कात्तिक १६ गते गौतम पक्षका केही वकिलले बहस गरेपछि ‘हेर्दाहेर्दै’ मा राखिएको रिटमाथि आज सुनुवाइ भएकाे हाे ।

२०७४ सालको प्रतिनिधिसभाको चुनावमा बर्दियाबाट पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असोज १ गते राष्ट्रियसभा सदस्यमा मनोनित गर्नुभएको थियो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.