रौतहटमा १७ वर्षीया युवतीको गोली हानी हत्या, सुतिरहेको अवस्थामा कन्चटमा गोली प्रहार


रौतहट, कात्तिक २७ । रौतहटको माधवनारायण नगरपालिकामा १७ वर्षीया विवाहिता महिलाको गोली हानी हत्या भएको छ ।

माधवनारायण नगरपालिका वडा नम्वर ७ लौकाहाका रामअयोध्या साहको १७ वर्षीया विवाहिता छोरी अमृता कुमारी साहलाई बुधबार राति साढे एघार बजेको समयमा गोलि प्रहार भएको हो ।

सुतिरहेको अवस्थामा टाउकोको दाहिने कन्चटमा गोली लागेपछि उनको घटनास्थलमै मृत्यु भएको हो । मृतक महिलाकी आमा सिता देवी साह राति घरको ढोका खोली शौचालयतर्फ गएको मौका छोप्दै अज्ञात व्यक्ति घरमा प्रवेश गरेर अमृताको टाउकोमा गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

महिलाको प्रेम सम्बन्धका विषयमा भएको विवादका कारण हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । अमृताको २०७६ फागुन २५ गते सर्लाही विष्णुपुर गाउँपालिकाको मधुवन गोठका सोहन भन्ने रुपेश साहसँग मागी विवाह भएको थियो ।

अमृता घर गएको चौथो दिननै उनको श्रीमान रुपेशमाथि धारिलो चक्कु प्रहार भएको थियो । त्यसको तीन महिनापछि उनीहरुको सम्बन्धविच्छेद भएको थियो । घटनामा संलग्नको पहिचान भइसकेको र अनुसन्धान कार्य अगाडि बढेको प्रहरीले जनाएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope