कोरोना संक्रमणबाट हालसम्म १२०२ जनाको मृत्यु, शुक्रबार थपिए २१११ नयाँ संक्रमित

२८ कार्तिक २०७७, शुक्रबार १९:२३

काठमाडौं, कात्तिक २८ । कोरोना भाइरसका संक्रमित थपिने क्रम निरन्तर जारी छ । शुक्रबार कोरोनाभाइरसका २ हजार १११ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार शुक्रबासम्म थपिएका संक्रमित सहित हालसम्म नेपालमा २ लाख ६ हजार ३५३ जनालाई संक्रमण भैसकेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५३७ जना संक्रमित संक्रमण मुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

हालसम्म संक्रमण मुक्त हुनेको संख्या १ लाख ६८ हजार १२९ पुगेको छ । यसैगरी हालसम्म मृत्यु हुनेको संख्या १ हजार २०२ पुगेको छ ।

शुक्रबार देशभर ३७ हजार २२ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना संक्रमण पत्तालगाउनका लागि हालसम्म १५ लाख ९३ हजार ८५० जनाको पीसीआर परीक्षण भैसकेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.