खेलकुदका प्रशिक्षण सुरु गर्न अनुमति

काठमाडाैं, कात्तिक २८ । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी खेलकुदका प्रशिक्षणहरू सुरु गर्न अनुमति दिएको छ ।
ओलम्पिक खेलकुदमा सहभागिताका लागि छनोट हुने खेलका प्रशिक्षण सुरु गर्न, फुटबल, क्रिकेटलगायतका खेलहरूको अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउन सरकारले अनुमति दिएको हो ।
यस्तै मैत्रीपूर्ण खेलहरू आयोजना गर्न, स्थगित रहेका फुटबल डिभिजनका खेलहरू सञ्चालनको तयारी गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा सहभागिताका लागि प्रशिक्षणलगायतका तयारी गर्न पनि सरकारले स्वीकृति दिएको छ ।
मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभएकाे हाे ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस