तातोपानी नाकामा सामान अलपत्र


सिन्धुपाल्चोक, कात्तिक २८ । सिन्धुपाल्चोकको तातोपानी नाका पुनः सुचारु भएपनि सामग्री अपेक्षाकृत भित्रिएको छैन ।

दशैं र जाडोलक्षित सामग्री अझै खासामै थन्किएका छन् । लामो समयदेखि बन्द रहेको नाका पुनः सुचारु भएपनि चीनको खासामा रोकिएका सामग्री ल्याउन अझै समय लाग्ने भएको छ ।

नाकाबाट निश्चित मालवाहक कन्टेनरमात्रै भित्रिँदा खासामा रहेका सामग्री काठमाडौं पुर्‍याउन करिब डेढ महिना लाग्ने देखिएको छ ।

नेपाली व्यवसायीले दशैंअगावै बिक्री गर्नुपर्ने सामग्री पनि खासामा अड्किएका थिए । चिनियाँ पक्षले निश्चित संख्यामा गाडीमा सामान पठाउँदा समस्या भएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठले बताउनुभयो ।

अझै लामो समय खासामा सामान अलपत्र पर्ने देखिएकाले लगानी डुब्ने अवस्थामा पुगेको भन्दै व्यवसायीहरु चिन्तित बनेका छन् ।

यसैबीच, तातोपानीबाट सहज व्यापार गराउन नेपाल–चीन उद्योग वाणिज्य संघ सिन्धुपाल्चोक शाखाले माग गरेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope