नेपाल बंगलादेशसँग पराजित, बंगलादेशले ५ वर्ष पछि हरायाे



काठमाडाैं, कात्तिक २८ । बंगदेशसँगको पहिलो मैत्रिपूर्ण खेलमा नेपाल पराजित भएको छ । बंगबन्धु रंगशालामा भएको खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग २–० ले पराजित भएको हो ।

युवा खेलाडीलाई मैदान उत्रारिएको खेलमा नेपालले बलमा अधिकांस समय पकड जमाए पनि फिनिसिङ गर्न असफल भएको थियो । कोरोना भाइरसले विश्व भर महामारीको रुप लिए पछि स्थगित भएको फुटबलमा नेपालले करिब नौ महिना पछि बंगलादेशसँग मैत्रिपूर्ण खेल्दै फुटबलमा फर्किएको हो । शुक्रबार भ्रमणकारी टोलीमा जित निकाल्दा बंगलादेशले पाँच वर्ष पछि विजयी नतिजा हात पारेको हो ।

भ्रमणकारी टोली नेपाललाई हराउँदा बंगलादेशका मोहमद नाबिब नवज जीवन र मबुबुर रहमानले एक एक गोल गरे । सुरुआतमा केही तालमेलको अभाव देखिएको खेलमा घरेलु टोली बंगलादेशले १० औं मिनेटको अवसरलाई सदुपयोग गरेको थियो । मोहमद नाबिबले साद उदीनको क्रसमा आकार्षक गोल गर्दै घरेलु टोली अग्रता दिलाएका थिए । पहिलो हाफमा केही अलमलिएको नेपालले दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन । काउन्टरमा रहेको अवस्थामा बंगलादेशले खेल सकिन १० मिनेट बाँकी रहँदा अग्रता दोब्बर बनायो । बाँकी समयमा नेपाल खेलमा फर्किन निकै संघर्ष गरे पनि सफल हुन सकेन ।

पहिलो मैत्रिपूर्ण खेलमा नेपालल घरेलु टोली बंगलादेशको सामना गर्दा विकास खवास, एरिक विष्ट र दर्शन गुरुङले अन्तर्र्राष्ट्रिय खेलमा डेब्यु गरे । शुक्रबारको जितपछि बंगलादेशले नेपालसँग साफ च्याम्पियनसिपमा भोगेको हारको बदला हात पारेको छ । २०७५ सालको भदौंमा ढाकामै भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २–० ले हराएको थियो । ‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गतको दोस्रो मैत्रीपूर्ण मंसिर २ गते हुनेछ ।

विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ भने बंगलादेश समूह ‘ई’ मा रहेको छ । दुबै टोलीलाई यो मैत्रिपूर्ण खेल विश्वकप छनोटमा अनुभव लिने मौका मिलेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope