मैत्रिपूर्णखेलमा आज नेपाल र बंगलादेश भिड्दै


काठमाडाैं, कात्तिक २८ । बंगलादेशसँग आज नेपालले पहिलो मैत्रिपूर्ण खेल्दा नेपाली टोली करिब नौ महिना पछि फुटबल मैदान फर्किनेछ ।

कतार विश्वकप छनोट अन्तर्गत दोस्रो चरणमा रहेको नेपाललाई मैत्रिपूर्ण खेल अर्थपूर्ण तरिकाले पनि हेरिएको छ । ढाका स्थित बंगबन्ध रंगशालामा दिउसो पौने पाँच बजे हुने खेलमा नेपालले घरेलु टोली बंगलादेशको सामाना गर्न लागेको हो ।

दुई मैत्रिपूर्ण तालिका बनाएर एक साता अघि बंगलादेश प्रस्थान गरेको नेपाली टोलीले बंगलादेशमा एक साता अभ्यास गरेको छ । एक साता काठमाडौंमा अभ्यास गरेर ढाका प्रस्थान गरेको नेपाली टोली आज घरेलु टोलीविरुद्ध मैदान उत्रिँदा सुखद नतिजाको खोजीमा हुनेछ । कोरोना महामारीले निराश बनेका दर्शकलाई नेपाली खेलाडीले जित निकाल्दै खुसी दिलाउन पक्षमा रहेका छन् ।

मुजिव बर्सो सिरिज नाम दिइएको यस प्रतियोगितामा २ वटा म्याच हुने छन् । दुई म्याचके विजेताले ट्रफी पनि पाउने वुधबार आयोजित प्रि म्याच कन्फ्रेन्समा जानकारी गराइएको छ । कोरोना महामारीका कारण विश्वकप छनोट खेलहरु स्थगित भएकाले नेपाल र बंगलादेश दुवैले यो खेललाई अनुभव साट्ने अवसरको रुपमा लिएका छन् ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालका लागि बंगलादेशसँगको मैत्रिपूर्ण खेल अर्थपूर्ण तरिकाले हेरिएको हो । एसियाली फुटबल महासंघ (एएफसी) ले विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु जुन १५ सम्म सकिने जनाएको छ । यस अघि अक्टोबर र नोभेम्बरका लागि तय भएका छनोट खेल कोरोना महामारीका कारण अनिश्चित कालका लागि स्थगित भएका थिए ।

आज बंगलादेशसँग खेल्ने लागेको नेपाल ‘हेड टु हेड’ मा निकै पछि रहेको छ । नेपाल र बंगलादेशबीच हालसम्म १९ पटक प्रतिस्पर्धा भएको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ६ खेल मात्रै जितेको छ । एक खेल भने नतिजा विहिन भएको छ । तर बंगलादेशविरुद्धको पछिल्ला ५ भेटमा भने नेपालले सुखद नतिजा निकालेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope