उद्योग वाणिज्य महासंघमा चुनावी रौनक

२९ कार्तिक २०७७, शनिबार ०५:४२

काठमाडौं, कात्तिक २९ । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा यतिबेला चुनावी रौनक बढेको छ । केही उद्योगी नेताहरु चुनावी मैदानमा उत्रिएका छन् ।

आगामी मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने महासंघको ५४औं साधारणसभा चुनावी साधारणसभा पनि भएकाले विशेष चासोको विषय बनेको छ ।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि यसपटक चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

प्रायः महाधिवेशनमा पूर्वअध्यक्षहरुको भूमिका रहने गरेको छ । चुनावी प्रचारमा जुटेका चन्द्र ढकाल यतिबेला पश्चिममा आफ्नो मतदाता भेटघाट र चुनावी प्रचार–प्रसार सकेर पूर्वतिर लागेका छन् भने अर्का प्रत्यासी किशोर प्रधान पूर्वका आफ्नो मतदाता भेटघाटपछि पश्चिमतिर लाग्ने तयारीमा रहेका छन् ।

अहिले पश्चिमका धनगढी, पोखरा तथा विभिन्न जिल्ला/नगरको आफ्ना मतदाता भेटघाट गरिसकेका वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल आफू चुनावी प्रतिपर्धामा विजयी हुने बलियो सम्भावना रहेको दाबी गर्नुहुन्छ ।

पश्चिममा जिल्ला/नगर वाणिज्य अध्यक्षहरुको भेटघाटपछि सो क्षेत्रमा साना तथा ठूला व्यवसायीहरुको आफूले स्वतस्फूर्त सहयोग पाएकाले चुनावी प्रतिस्पर्धा गर्नुनपर्ने दाबी ढकालको छ ।

यता, अर्का वरिष्ठ उपाध्यक्षका प्रत्यासी प्रधानको प्यानल पूर्वका अधिकांश मतदाता भेटेर पश्चिमका मतदाता भेट्ने र चुनावी प्रचारमा छ ।

प्रधान प्यानलले कृषि क्षेत्रमा व्यवसायीकरण र आधुुनिकीकरण मुख्य एजेन्डा बनाएको छ ।

आगामी अध्यक्षलाई पूर्ण समर्थन गर्नेगरी काम गरिरहेको प्रधान बताउनुहुन्छ ।

आफ्नो प्यानलमा क्षमता र अनुभवी उद्योगी–व्यवसायीको सहभागिता रहेकाले आफूले चुनाव जित्नेमा विश्वस्त रहेको प्रधानको दाबी छ ।

वरिष्ठ उपाध्यक्षको चुनावका प्रत्यासी प्रधान र ढकाल दुवै पक्षले चुनाव आफूले जित्ने दाबी गरिरहेका छन् ।

प्रधान पक्षलाई पूर्वअध्यक्ष पशुपति मुरारकाको सहयोग छ भने चन्द्र ढकाल पक्षलाई अर्का पूर्वअध्यक्ष चण्डिराज ढकालको सहयोग छ ।

प्रधान प्यानलबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला/नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतिले उम्मेदवारी घोषणा गरेका छन् ।

ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला/नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी घोषणा गरेका छन् ।

दुवै पक्षले आफ्नो बलियो उपस्थिति र दाबेदारी देखाइरहेको महासंघको आगामी चुनावी प्रतिस्पर्धा निकै नै रोचक हुने देखिएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.