महाकवि देवकोटा

२९ कार्तिक २०७७, शनिबार २०:४०

नसक्छ काँडाबिच फूल त्यो नहाँसीकनै जिउन
न सक्छ कोही बिना प्रेम हाँसीहाँसीकन जिउन
दुख्छ दिल यदि तिम्ले भन्यौ मुट बिझाउने गरि
मान्छे हुँ म मासु रगतको बोल देवकोटाझै गरि

उनि हुन् मनको मन्दिर पत्थरमा फूल फूलाउने
धनदेवी रातमा जन्मिएर पनि विद्या कमाउने
राम्रा कोट लाउँदा अरु उनी थोत्रो लगाउने
भोका, नाङगा, अशक्त माझ मानवता जगाउने ।।

प्रकृति, पुरुष र प्रेमी पाईन्छ उनका कृतिमा
नेपाली, अँग्रेजी, र हिन्दी, पाइन्छ संस्कृतमा
उनले गरे सुरुवात महाकाब्यको नेपाली भाषमा
लेखे सकुन्तला ३ दिनमा, कुन्जिनी १ रातमा ।

टोलाई रातमा तारा गन्दा पुरयाए उनलाई राँची
जरुर साथी म ‘पागल’ उनको पागलपनको साँची
भाँची पर्खाल आस्थाको बने उनी नास्तिक
मृत्यु अगि खैर श्रीकृष्ण थिए उनको आस्थिक ।।

छोडेनन् उनले कविता, लाई मानवताको धुनी
जस्तै गाईने गित, पुतली, सिताहरण र लुनी
फुले उनि फुल झैँ मान्छे मान्छेका मनमा
“हातका मैला सुनका थैला” भन्छ मुनामदनमा ।

लेखे कविता भरजन्म, झरना जसै छङ्छङ्
बगे भावमा, मानवताको गङ्गा जसै हरदम
लेखे त्यतिबेला नेपालमा अवस्था थियो जर्जर
चलाए कलम देवकोटाले लेखे बिना कुनै डर

आँखा, मुटु, र फोक्सा, कलेजा छन कवितामा
नदि, खोला, छहरा र पहरा कुद्छन काहाँ-काहाँ
बिषालु कबिता डस्छन “मैँ हु” भन्ने घमण्डीलाई
देखाउछन नदेख्नेलाई, सुनाउछन नसुन्नेलाई ।

न थाक्छु गरेर बयान उनका,कविताका नालीबेली
उनै हुन नेपालका किट्स , वोर्ड्सवोर्थ र शेली
जे छन् उनि छन् एक अजर, अमर र अपरम्पार
उनको जयन्तीमा दिन्छु वैजयन्ती माला उपहार।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.