भारतमा थप आठ नेपालीको मृत्यु

३० कार्तिक २०७७, आईतवार १६:२६

काठमाडौं कात्तिक,३० । कोरोना भाइरसका कारणले विदेशमा थप आठ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली स‌ंघका अनुसार गत साता भारतको महाराष्ट्र र चेन्नईमा कोरोना भाइरसका कारण आठ  नेपालीको ज्यान गएको हो ।

संघको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म कोरोनाका कारण निधन हुने नेपाली सङ्ख्या २९३ जना पुगेको छ । विश्वभर ४४ देशमा अनुमानित ४५ हजार ४३९ जना नेपालीमा कोरोना संक्रमण देखिएको संघले जनाएको छ ।

तीमध्ये अनुमानित ४१ हजार ४३९ जना संक्रमणमुक्त भएका छन् । विदेशमा कोरोनामुक्त हुने नेपालीको संख्या ९१ प्रतिशत छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.