मुस्ताङकी कांग्रेस नेतृ शेरचनको निधन

३० कार्तिक २०७७, आईतवार १६:३३

पोखरा, कात्तिक ३० । लामो समयदेखि नेपाली कांग्रेस मुस्ताङको सांगठनिक विस्तार तथा विभिन्न सामाजिक कार्यमा सक्रिय थासाङ गाउँपालिका—५ ताक्लुङकी ७४ वर्षिया शान्ताकुमारी शेरचनको आज काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनको आजै काठमान्डौंमा अन्त्येष्टि गरिएको परिवार स्रोतले जनाएको छ । कांग्रेसकी महिला अभिभावक शेरचनको जन्म विसं २००३ सालमा भएको थियो ।

नेपाली कांग्रेस मुस्ताङको थासाङ—५ की महिला अध्यक्ष शेरचन ताक्लुङ आमा समुहको पूर्वअध्यक्ष र ताक्लुङ आधारभूत विद्यालयको व्यवस्थापन समितिको पूर्व अध्यक्ष हुन् ।

उनले राजनितिसँगै जिल्लामा हुने सामाजिक विकृतिविसंगती, कुरीति, कुसंस्कार, जातीय विभेद र लैङ्गिक असमानताको विरुद्धमा निरन्तर आवाज उठाउँदै आएकी थिइन् ।

शेरचनको पार्थिव शरीरमा नेपाली कांग्रेसका नेता तथा पूर्व वाणिज्यमन्त्री रोमी गौचन थकालीले पार्टीको चारतारे झण्डा ओढाएर श्रद्धान्जली अर्पण गरे । पूर्व वाणिज्यमन्त्री गौचन थकालीले मुस्ताङ कांग्रेसकी महिला अभिभावक शेरचनको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको बताए ।

उनले मुस्ताङ काँग्रेसले एक इमान्दार र कर्तव्यनिष्ठ प्रजातान्त्रिक महिला अभिभावक गुमाएकोमा गहिरो दुख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् ।

samadhannews.com

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.