सुनसरी र धनकुटाका २ जना कोरोना संक्रमितको मृत्यु

३० कार्तिक २०७७, आईतवार १६:१९

काठमाडौं कात्तिक,३० । सुनसरी र धनकुटाका थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

धनकुटाको भेडेटारका वर्षीय पुरुष र सुनसरी बराह क्षेत्र नगरपालिकाकी ४४ वर्षीय महिलाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो ।

७२ वर्षीय पुरुष स्वास्थ्यमा समस्या भएपछि शनिबार अस्पतालमा भर्ना भएका थिए । उनको शनिबार राति साढे १० बजे मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ ।

४४ वर्षीय महिला भने आज (आइतबार) मात्रै अस्पताल भर्ना भएकी थिइन् । मिर्गौलामा समस्या भएकी उनको बिहान सवा ९ बजे मृत्यु भएको हो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.