राष्ट्रिय टिमका सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ, दोस्रो खेल मंगलबार


काठमाडौं, मंसिर १ । दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा रहेका राष्ट्रिय फुटबल टिमका सबै खेलाडीको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार सबै २५ खेलाडीसहित नेपाली टिमको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएको छ । नेपाली टिमको शनिबार कोरोना परिक्षण गरिएको थियो ।

यस्तै एन्फाले यस अघि पोजेटिभ देखिएको एक खेलाडीको नयाँ रिपोर्ट समेत नेगेटिभ आएको जनाएको छ । उनी टिममा चाडै फर्कने एन्फाले जनाएको छ । उनले शुक्रबार भएको पहिलो खेल गुमाएका थिए ।

तर, एन्फाले बंगलादेशका मुख्य प्रशिक्षकको रिपोर्ट पोजेटिभ आएको जनाएको छ । घरेलु टिमसँगको दुई मैत्रीपूर्ण खेलका लागि नेपाली टिम ढाकामा रहेको छ । नेपालले बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल मंगलबार खेल्नेछ ।

बंगबन्धु रंगशालामा शुक्रबार भएको पहिलो खेलमा नेपाल २-० ले पराजित भएको थियो । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope