सरकारले तोकेको मूल्यमा सहकारीहरूले किसानको धान नकिन्ने


सरकारले मोटा धानको समर्थन मुल्य २ हजार ७३५ र मोटा मसिनोको २ हजार ८८५ रुपैयाँ प्रतिक्वीन्टल तोकेको छ । किसानको लागत र व्यवस्थापन खर्च मात्र नभई भारतीय र नेपाली बजार मूल्यको समेत आधारमा न्यूनतम समर्थन मुल्य तोकेको सरकारको भनाइ छ ।

समर्थन मुल्य किसानले पाउने ग्यारेन्टी गर्न सरकारले सहकारीहरूलाई धान किन्न आग्रह गरेको छ । सहकारीहरूले भने यो भाउमा धान किन्न चासो देखाएका छैनन् ।

सहकारीहरूलाई बढीमा १८ प्रतिशत चिस्यान भएको धान न्युनतम समर्थन मुल्यमा खरिद गर्न भनिएको छ । त्यो भन्दाबढी चिस्यान भए १ प्रतिशत चिस्यान बराबर १२०० ग्राम प्रतिक्विन्टलका दरले हुन आउने तौल घटाई खरिद गर्नुपर्नेछ । धान खरिद गरेको १५ दिनभित्र किसानलाई रकम भुक्तानी गर्नुपर्नेछ । र, किसानले धानको मुल्य नपाएसम्म सहकारीले अनुदान पाउँदैनन् ।

समर्थन मूल्यमा धान खरिदबिक्रि परीक्षणकालको समन्वय गर्ने जिम्मेवारी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई, पर्साका कृषि विकास अधिकृत पुरुषोत्तम रौनियारका अनुसार भण्डारण, सुरक्षा र प्याकेजिङ लगायत व्यवस्थापनका लागि सरकारले प्रतिक्विन्टल ११२ रुपैयाँ उपलब्ध गराउने छ । किसानका धान किन्न इच्छुक सहकारीहरूले करचुक्ता प्रमाणपत्र, पान नम्बर लगायतका कागजात सहित सूचिकृत हुनपर्छ ।
सरकारले तोकेको मूल्यमा धान खरिद गर्ने निकाय नहुँदा किसान निराश थिए । यसपटक सरकारले किसानहरूको धान किन्न सहकारी संस्थाहरुलाई अनुदान दिने व्यवस्था गरेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope