आज किजा पुजा अर्थात भाइटिका


नेवार समुदायले आव किजा पुजा अर्थात भाइटिका मनाउदै छ । नेपाल संवतको दिन म्ह: पुजा मनाएका नेवारु समुदायले आज किजा पुजा मनाएका हुन ।

कृषी प्रधान नेवा समूदायमा यो तीन दिनको चाड स्वन्ति नखः मा खेतबाट आएको धान भित्र्याउने र वर्षभरीको हिसाब-किताब सम्पन्न गर्ने अर्थात साल तामाम गर्नुका साथसाथै आफ्नो शरिरलाई पुजा गरी नयाँ वर्षका लागि संघर्ष गर्दै अगाडी बढ्नकालागि आवश्यक पौष्टिकतत्व ग्रहण गर्ने पर्वको रुपमा लिएको पाइन्छ ।

यस दिनमा म्ह पूजाकै दिनमा जस्तै तयार गरि मण्डप लेख्ने गरिन्छ । विमिरोदेखि सबै प्रकारका फलफुल समेत मण्डपमा राख्ने गरिन्छ । नेवाः समुदायमा भने पञ्चरंगी टिका नभई अक्षता, अविर, दहि, चिउरा र पानी राखेको रातो टिका जसलाई नेवारी संस्कारमा ‘जाकि सिन्ह’ भनिन्छि । नेवार समूदायमा म्ह पुजाकै दिनमा जस्तै पुजा आजादेखि साैगन दिने चलन रहेको छ ।

पञ्चतत्वको सौगन दिनेदेखि पुजा गर्ने र आफ्नो भाईको दीर्घायूको कामना गर्ने गरिन्छ । हरेक मानिस भित्रको देउता अनि दिदिबहिनीबिचको आत्मियताकालागि नेवा समूदायमा तिहार प्रसिद्ध छ । यस वर्षको तिहार र किजा पूजाको रौनकमा केहि कमी नहोला तर कोरोना स्वास्थ जोखिमका कारणले धेरै यात्रा अनि भेटघाटहरु आगामी वर्षका लागि थाती राखिने भनें पक्का छ । माया बढोस्, संक्रमण घटोस् अनि मुस्कान कायम होस् ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode