पार्टिबाट ओलीलाई निकाल्न पूर्वमन्त्री भट्टराईको सुझाव

३ मंसिर २०७७, बुधबार २०:०१

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले केपी शर्मा ओलीलाई राजिनामा दिन सुझाव दिएका छन् ।

डा भट्टराईले आफ्नै पार्टीले यति धेरै आरोप लगाइसकेपछि पदबाट हटाउनैपर्ने बताएका छन् ।

डा भट्टराई ट्विटरमा लेख्छन् –  “नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्य–जनताका मुद्दा प्रतिपक्षी दल–जनताले उठाउनैपर्छ हैः १. राष्ट्रपति र विदेशी कूटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन । २. ओली सरकारको असफलता–भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ ।”

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.