काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा ५ लाख ४० हजार २८३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा १० हजार ३६१ जनाको मृत्यु भएको छ ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ५९ लाख २८ हजार ३२९ र मृत्यु हुनेको संख्या १३ लाख ४२ हजार ८४० पुगेको छ। 

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ५४ हजार ५५३ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार ५७१ जनाले ज्यान गुमाएका छन्। 

भारतमा पछिल्लो २४ घण्टाभित्र ३८ हजार ५३२ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ४७२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र इटलीमा ३२ हजार १९१, ब्राजिलमा ३५ हजार १८, बेलायतमा २० हजार ५१, जर्मनीमा १६ हजार २०४, रसियामा २२ हजार ४१०, फ्रान्समा १४ हजार ५२४, को

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.