आरोपको छिनोफानो नगरी एकता प्रकृया अगाडि बढाउन सम्भव छैन्ः प्रधानमन्त्री अ‍ोली


काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफुमाथि लागेका आरोपको अस्वीकार गरेका छन् ।

बुधबार बसेको सचिवालयको बैठकमा प्रधानमन्त्री अ‍ोलीले पार्टी एकतामा आँच पुर्याउने मनसायबाट आएका आरोपहरु अस्वीकार गर्ने बताएका हुन् ।

‘आफूमाथि लगाइएका तथ्यहीन, आधारहीन, पार्टी एकतामा गंभीर रूपमा आँच पुर्याउने मनसाय र उद्देश्यबाट प्रेरित आरोपहरूलाई आफूले अस्वीकार गर्ने र खारेज गर्ने उद्घोष गर्नुभएको छ’, प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै सचिवालय सदस्य ईश्वर पोखरेलले भने ।

प्रधानमन्त्री अ‍ोलीले आफूमाथि लागेका आरोपहरुको छिनोफानो नगरी पार्टी एकताको प्रकृयालाई अगाडि बढाउन सहज र संभव नहुने बताएका छन् ।

‘त्यसको व्यवस्थित र सामग्रिक रूपमा खण्डन गर्ने कुराको समेत घोषणा गर्नुभएको छ , उहाँले । यी आरोपहरूको छिनोफानो नगरी पार्टी एकताको प्रकृयालाई अगाडि बढाउन सहज र संभव नहुने कुराको समेत उल्लेख गर्नुभएको छ’, उनले भने ।

नेता पोखरेलले पार्टी एकताको पक्षमा उभिन र त्यही अनुसार तयारी अवस्थामा रहन आग्रह गरेका छन् ।

उनले भने, ‘यो गंभीरतालाई पार्टी एकताको पक्षमा उभिएका नेकपाका सबै तहका नेता, कार्यकर्ताहरूले बुझौं र त्यसै अनुसार आफूलाई तयार बनाऔं !’


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope