सवारी जोर-विजोरका नाममा जनतालाई सास्ती मात्रै, अन्याेलमा यात्रु


काठमाडाैं । सरकारले भिडभाड कम गर्न भन्दै गत साउन २२ गते देखि लगाएको जोरविजोर प्रणाली आझै हटाएको छैन् ।

जसले गर्दा आम सर्वसाधारण मारमा परेका छन् । लकडाउन विस्तारै हटाउदै गएपनि जोरविजोर प्रणाली भने तत्काल नहटाउने बताएको सरकारले साउन यता थुप्रै निर्णय गरेपनि जोरविजोर भने अहिले सम्म हटाएको छैन् । जसको परिणाम स्वरुप दैनिक सात आठ सय जनाले कारवाहि भोगिरहनु परेको छ ।

भिडभाड नियन्त्रण गर्न भन्दै सरकारले अहिले सम्म जोरविजोरलाई जारी राखेपनि दशैं तिहारमा न्यूरोड, असन ईन्द्रचोक तिरको ठेलमठेललाई नियन्त्रण गर्न सकेन । अहिले पनि सडक जामको अवस्था उस्तै छ । तर अहिले जोरविजोरका नाममा सरकारले आम सर्वसाधारण जनताबाट दैनिक लाखैं रुपैयाँ राजस्व उठाईरहेको छ ।

अहिले पनि उपत्याकामा सैद्धान्तिक रुपमा जोरविजोर प्रणाली लागु भएपनि व्यावहारीक रुपमा भने लागु भएको छैन् । न त सरकारले लगाएको जोरविजोर प्रणाली प्रभावकारी भएर भिडभाड नै नियन्त्रण भएको छ न त नागरिकले ढुक्कसँगले हिडडुल गर्न पाएका छन् ।

सरकारको निर्णय बमोजि अहिले पनि जोरविरोज लागु भएको र दैनिक सात आठ सय जना जोरविजोर उल्लंघन गर्नेलाई कारवाहि भईरहेको ट्राफिक महाशाखा प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताए ।

गाडीहरुको भिडभाडलाई नियन्त्रण गर्न जोरविरोर लागु गरेको ढकालले बताए । सरकारले एक पछि अर्को गर्दे अन्य क्षेत्रहरु खुल्ला गरेपनि जोरविजोरको विषयमा के गर्ने भनेर अहिले सम्म छलफल हुन सकेको छैन् । सरकारले भिडनियन्त्रण गर्न भन्दै जोरविरो प्रणाली लागु गरेपनि चाडपर्वको समयमा भने भिड नियन्त्रण गर्न सकेन । तर काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल भने जोरविजोर प्रणालीले भिड नियन्त्रणमा महत्वपूर्ण भुमिका खेले बताउ छन् ।

जोरविरो प्रणालिको विषयमा समिक्ष गरेको र अव टाउने कि के गर्ने विषयमा ट्राफिक कार्यलय सँग छलफल गरेर डिसिसिएमसि र सिसिएमसिमा सिफरिस गर्ने उनले बताएका छन् । अहिले पाटी प्यालेस, स्कुल, सिनेमा हाल लगायत बाहेक अन्य क्षेत्रहरु खुल्ला भईसकेका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope