काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा ६ लाख २९ हजार २९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा १० हजार ५३८ जनाको मृत्यु भएको छ

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ७२ लाख दुई हजार ५९९ र मृत्यु हुनेको संख्या १३ लाख ६४ हजार ६४९ पुगेको छ। 

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ७८ हजार ७६६ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार ९५० जनाले ज्यान गुमाएका छन्। 

भारतमा पछिल्लो २४ घण्टाभित्र ४६ हजार १८२ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ५८४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र इटलीमा ३६ हजार १७६, ब्राजिलमा ३४ हजार ३६४, बेलायतमा २२ हजार ९१५, जर्मनीमा २३ हजार ६७६, रसियामा २३ हजार ६१०, फ्रान्समा २१ हजार १५०, कोलम्बियामा सात हजार ४८७ तथा इरानमा १३ हजार २२३ जना नयाँ संक्रमित थपिएका छन्।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.