नेकपा विवाद: विष्णु पौडेल र सुवास नेम्वाङसँग प्रचण्डको छुट्टाछुटै छलफल


काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङबीच शुक्रबार छलफल भएको छ ।

पार्टी मुख्यालय धुम्बाराहीमा शुक्रबार दिउँसो भएको भेटमा पार्टीभित्र देखिएको विवादबारे छलफल भएको जनाईएको छ ।

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीभित्रको विकसित राजनीतिक घट्नाक्रमका बारेमा महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङसँग छलफल गरेका हुन् । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार प्रचण्डले दुवै नेतासँग छुट्टाछुटै छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले मंसिर ३ गते बसेको नेकपा सचिवालय बैठकमा प्रचण्डविरूद्ध आक्रोश भनाई राखेका थिए । प्रधानमन्त्री ओलीले प्रचण्डको जवाफी प्रतिवेदनका लागि मंसिर १३ सम्मको समय मागेका छन्। ओलीले छुट्टै प्रस्ताव ल्याउने बताएपछि आगामी मंसिर १३ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope